प्रहरीको लवलेटर -:
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया ! आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायरभन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं, मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !! उहि तिमीलाई सधैँ सुरक्षा दिने हवल्दार ‘काले’
कम्प्युटर अपरेटरको प्रेमपत्र -;]
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायाको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !! तिम्रो जिन्दगीको पासवर्ड ’ गोपाल’
ड्राइभरको लवलेटर -:
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !! उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,बि.च.रा.४३२३
(these deprived love letter from www.aawaz.blogsome.com)
बिना जानकारी खाता रोक्काको गुनासोमा राष्ट्र बैँकले भन्यो- ‘Your complaint
is invalid’
-
यसअघिको ब्लगमा मैले भदौ ४ गते ग्लोबल आइएमईको मोबाइल एपबाट भुक्तानी गर्न
खोज्दा नभएको र पछि ब्याङ्कलाई इमेल गर्दा मात्र अदालतको आदेशमा खाता रोक्का
भएको जानक...
1 week ago
No comments:
Post a Comment