गाउमा एउटै मात्र चर्पी छ । त्यो पनि गाउलेको प्रयोगका लागि होइन, पाहुनाहरूका लागि मात्र । गाउमा आफन्तकहा आउने पाहुनाहरूको समस्यालाई ध्यानमा राखेर कुल्देवमाडा गाविस-२, बाजुरा देनसायलको खडायत टोलबासीले २०६० सालमा यो चर्पी बनाएका हुन् । यसको प्रयोग पाहुनाबाहेक अरूले गर्न नपाउने नियम बसाएका छन्

एक दर्जन घरपरविारको बसोवास भएको सो बस्तीका बासिन्दाहरूचाहि दिसा-पिसाबका लागि झाडी र खोलामा जाने गर्छन् । स्थानीय कर्ण्र्ााादुर खडायत भन्छन्, "पाहुनाहरू चर्पी कता छ भनेर सोध्छन् । सधै खोलामा जानु भन्नु पनि लाजको कुरा भो, त्यसैले पाहुनालाई चर्पी बनाएका हा“ै ।'
नरेन्द्र रौले/बाजुरा
No comments:
Post a Comment