Friday, June 27, 2008

गिट्टी कुट्दैछन् रोल्पाली विस्थापित
नरेन्द्र रौले, बझाङ
केही महिनायता रुकुम र रोल्पा लगायतका जिल्लाबाट विस्थापितहरू घर फर्केको खबर आइरहँदा रोल्पाको एक परिवार सुदूर–पश्चिमको बझ्ाङमा गिट्टी कुटेर गुजारा गर्दैछ। जेलवाङ–३ रोल्पाका ७१ वर्षीय जलविरे दमाई र उनकी ४५ वर्षीया श्रीमती विमा नेपाली बझ्ाङको सदरमुकाम चैनपुरमा गिटी कुटेर गुजारा चलाइरहेका छन्। १ फागुन २०५२ बाट माओवादी 'जनयुद्ध' शुरु भएदेखि नै उनीहरू विस्थापित जीवन बिताउँदै आएका छन्। सोही वर्ष जेलवाङको प्रहरी चौकी आक्रमण हुँदा त्यहाँबाट हजारौँ स्थानीयवासी विस्थापित भएका थिए। पुलिसको लुगा सिएको आरोपमा माओवादीले त्यसबेला जलविरेलाई मार्ने धम्की दिएका थिए। केहीदिनमै उनीमाथि खुकुरी प्रहार गरियो। धन्न एउटी महिलाले उनलाई बचाइन्।
त्यसपछि रोल्पा सदरमुकाम लिवाङमा कहिले बालुवा, रोडा बोकेर, कहिले मिस्त्रीको काम गरेर गुजारा चलाउन बाध्य जलविरेलाई सेनाले माओवादी सुराकीको आरोप लगाए। त्यसपछि उनी त्यहाँ पनि टिक्न पाएनन्। अनि, टेवाङका ठेकेदार सुरेश बुढामगरले काम दिलाइदिने आश्वासन दिएर उनलाई बझ्ाङ ल्याए। त्यहाँ उनलाई नहर खन्ने काममा लगाइयो। तर, ठेकेदार मगरले एकवर्ष काम गरेको रु.७२ हजार लिएर बेपत्ता भएपछि जलविरेले झ्नै सास्ती व्यहोर्नु पर्‍यो। जलविरेको परिवारमा दुई छोरा र दुई छोरीसहित ६ जना छन्।
हरेक दिन सेती नदीबाट ढुङ्गा, बालुवा बोकेर गिटी फुटाएर छोराछोरीलाई पढाउन भने उनले छोडेका थिएनन्। तर गत वर्षदेखि सत्यवादी उमाविमा कक्षा ७ मा पढिरहेका उनका १६ वर्षीय छोरा मनबहादुर नेपाली बेपत्ता भएका छन्। “भोजपुर घर भएको केटा चितवनबाट भारत जान लाग्दा मर्‍यो भन्छन्, कतै मेरो छोरो पो पर्‍यो कि!” आमा विमाले रुँदै शङ्का व्यक्ति गरिन्।
जिल्ला प्रशासन कार्यालय बझ्ाङमा दुईचोटि निवेदन दिएपनि उनले अझ्ै कुनै किसिमको राहत पाउन सकेका छैनन्। आफू निक्कै बूढो भएको भन्दै जलविरेले सरकारसँग हराएको छोराको क्षतिपूर्ति र घर बनाउन आर्थिक सहयोग माग गरेका छन्। यद्यपि, आन्तरिक विस्थापनमा परी विचल्लीमा परेको यो परिवारले अझ्ै आफ्नो जन्मथलो जेलवाङ फर्कने आश भने मारिसकेको छैन।

No comments: