जेठ १८ गते बिहान रत्नराज्यलक्ष्मी क्याम्पसमा ०४६ को जनआन्दोलनको 'अझै उठौँ' तस्बिरअङ्कित टिसर्ट लगाएको, बोकेदाह्री पालेको हँसिलो ठिटो प्रमाणपत्र तह दोस्रो वर्षको २० नम्बरको प्रयोगात्मक परीक्षा दिन लाइनमा उभिएको थियो । २०-२५ जनाको हूलमुलमा छिरेको उसमा केही आत्तुरी र छटपटी थियो ।
वैशाख ९ गते दिउँसो तीन बजे त्रिपुरेश्वर मा अत्यन्त भिन्न अवस्थामा थिए, बाजुराको ब्रम्हतोला गाविस-७ का नरेन्द्र रौले, १८ । त्यसो त त्यही दिनको घटनाले गर्दा नै हो उनको जीवनले अर्कै मोड लिएको । राजाको वैशाख ८ गतेको घोषणाको विरोधमा निस् िकएको जुलुसमा तीनकुनेबाट सहभागी भएका नरेन्द्र त्रिपुरेश्वरमा सशस्त्र प्रहरीको गोलीको निसाना बने । "गोली नै त हान्लाजस्तो लागेको थिएन," मोडल अस् पतालमा १० दिनसम्मको उपचारपछि पूर्ववत् जीवनमा फर्केका उनी भन्छन् । आन्दोलनकार ीबीच भागदौड हुँदा उनी त्रिपुरेश्वरको आँखा अस्पतालतिर हान्निए । "मान्छेमाथि मान्छे लडेर बाटो नै बन्द थियो," डेढ महिनाअघिको घटना सम्झन्छन् उनी । उनको देब्रे हातमा गोली लागेको थियो । रेडक्रसका एक स्वास्थ्यकर्मीले ब्यान्डेज लगाइदिए । उनलाई तत्काल मोडल अस्पतालतर्फ दौडाइयो ।
अस्पतालको बेडबाटै कान्तिपुर दैनिकमा एक लेख प्रकाशित गरेर उनले नेताहरूलाई खबरदारी गरे । लेखन, साहित्य त

तर, उपचारपछिको जीवन त्यति सहज छैन । गाउँको पशुपति माविमा पढाउने उनका शिक्ष्ाकबाबु दत्वबहादुर रौलेेले तलबबाट काटेर हरेक महिना पठाउने गरेको पाँच हजार रुपियाँले महिनाको एक हजार चार सय रुपियाँ भाडा तिर्नुछ, भाइलाई पढाउनु छ । भर्खर यौवनको खुट्किलो चढ्दै गरेका नरेन्द्रका सामु सिङ्गो जीवन पनि त छ ।
No comments:
Post a Comment